Logo

एमसीसीलाई लिएर चीन बोल्यो : अमेरिकाले नेपालमा ‘बलजफ्ती कुटनीति’ गर्यो, चीन यसको विपक्षमा छ



काठमाडौं, ६ फागुन । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले चीन ‘बलजफ्ती कूटनीति’को विपक्षमा रहेको टिप्पणी गरेका छन् । अमेरिकाले नेपाललाई एमसीसी फेब्रुअरी २८ भित्रै अनुमोदन गर्न भनेको समाचार आईरहेको भन्दै चीनको यस्तो धारणा आएको हो । यो समाचार आज ग्लोबल टाईम्सले प्रकाशन गरेको छ ।

प्रवक्ता वेनबिङले नियमित पत्रकार सम्मेलनको क्रममा आज (शुक्रबार) भनेका छन्,‘‘अन्तर्राष्ट्रिय समुदायको नेपालसँग सहकार्य, नेपालको अर्थतन्त्र विकास र जीविकामा सुधारका लागि गर्ने सहयोगको चीन स्वागत गर्छ, तर, यो नेपाली जनताको चाहना र राजनीतिक शर्त विना हुनुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्