काठमाडौं, ६ फागुन । काठमाडौंको डिल्लीबजारस्थित एस्फोडेल पब्लिक स्कुलले International School Award (ISA) British Council बाट प्राप्त गरेको छ । प्रत्येक वर्ष नेपालका उत्कृष्ट विद्यालयहरुलाई ब्रिटिश काउन्सिलले प्रदान गर्दै आएको अवार्ड एस्फोडेल पब्लिक स्कुलले (२०२१–२०२४)सम्मको लागि प्राप्त गरेको हो । विद्यालयमा शिशु कक्षादेखि १२ कक्षासम्म पढाई हुँदै आएको छ ।
आफ्नो विद्यालयले British Council बाट ISA अवार्ड पाउनु नै निकै चुनौती भएको भन्दै अवार्ड पाउँदा खुशी लागेको ISA कोर्डिनेटर तथा फाउन्डर भाइस पिन्सिपल बिभा कालिका मल्ल श्रेष्ठले बताइन् । उनले भनिन्,‘अब फेरी हाम्रो काधमा अर्को जिम्मेवारी थपिएको छ । अवसर र चुनौती पनि अघि आएको महसुस भइरहेको छ ।’ विद्यालयले अवार्ड पाएसँगै स्कुललाई अझै उत्कृष्ट, उच्च स्थानमा पुर्याउन र सर्वोत्कृष्ट कसरी बनाउने भन्ने एक प्रकारको दबाब परेको श्रेष्ठले बताइन् ।
हरेक विद्यालयलाई अन्तराष्ट्रिय स्तरको बनाउने उद्देश्यले तोकेको मापदण्ड पुरा भएमा ब्रिटिश काउन्सिलले प्रत्येक वर्ष नेपाल लगायत धेरै देशका विद्यालयहरुमा यो अवार्ड प्रदान गर्दै आएको छ । प्रयोगात्मक, जीवनउपयोगी शिक्षण पद्धती तथा अन्तर्रातिष्ट्रय डाइमेन्सनलाई प्राथमिकता दिँदै आएको काउन्सिलले यस वर्ष पनि नेपालका केही विद्यालयहरुलाई उक्त अवार्ड प्रदान गरेको छ ।