Logo

सुरेन्द्र पाण्डेलाई ऋषि धमलाको प्रश्न : एमसीसी संसदमा टेबुल भए तपाईँहरु के गर्नुहुन्छ ? (भिडिओसहित)



काठमाडौं, ७ फागुन। नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले सरकारले एमसीसी सदनमा टेबुल गरेपछि मात्रै आफ्नो पार्टीले के गर्ने भनेर निर्णय गर्ने स्पष्ट पारेका छन् । उनले एमसीसीलाई लिएर सत्तारुढ दलभित्र अचम्मको दृश्य देखिएको उल्लेख गरे ।

उनले सत्ता गठबन्धनले एमसीसीबारे निर्णय नगरेसम्म र एमसीसी सदनमा टेबुल नगरेसम्म आफूहरु तमाशेमात्रै भएको पनि बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले देशको विकासको लागि विदेशी मित्रराष्ट्रहरुको सहयोग र अनुदान महत्वपूर्ण रहेको सुनाए । उनले विदेशी सहायता जहिलेपनि शर्तसहितको हुने पनि उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्