Logo

सरकारका प्रवक्ता कार्कीको दाबी : भोलि एमसीसी संसदमा टेबुल हुन्छ, प्रचण्ड र माधव नेपालको सहमति छ



काठमाडौं, ७ फागुन । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोलिको संसदको बैठकमा एमसीसी टेबुल हुने बताएका छन्।

एमसीसी टेबुल गराउनको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पनि एमसीसी टेबुल गराउन सहमति दिएको मन्त्री कार्कीले खुलासा गरेका हुन्।

पछिल्लो समय एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विवाद उत्पन्न भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसरी पनि एमसीसी टेबुल गराउने भनिरहेका छन् ।

आज बसेको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले पनि एमसीसी संसद्मा टेबुल गराउन दिने निर्णय गरेको छ । माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी टेबुल गर्न नहुने अडान लिएको छ ।

एमसीसी टेबुल गर्ने हो भने एमालेले सदनको अवरोध खोल्नुपर्ने प्रचण्डको भनाई छ । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्