काठमाडौं, ८ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नर्विच सिटीमाथि जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा ४८औं मिनेटमा मिलोट राशिकाले गोल गर्दै नर्विचलाई सुरुवाति अग्रता दिलाएका थिए ।
तर, खेलको ६४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए ।
खेलको ६७औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८१औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
यस जितसँगै लिभरपुलले २५ खेलमा ५७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
नर्विच १७ अंकका साथ १९औं स्थानमा रहेको छ ।