काठमाडौं, फागुन ८ । राजमार्ग क्षेत्रमा सडक दुर्घटना बढेपछि त्यसको न्यूनीकरणका लागि स्थानीय रुद्री हवन पूजा गर्दै आएका हामीले सुनेकै हौला ।
सडक घटनामा कमी ल्याउन धार्मिक विधि र परम्पराअनुसार सडकको ग्रह शान्तिका लागि पूजा आयोजना गरिदै आएपनि आईतबार बानेश्वरमा भने फरक दृश्य देखिएको छ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी विरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक अहिले संसद भवन अगाडीको सडकमा एमसीसी हवन कार्यक्रम गरिरहेको छ ।
चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी विरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता अनुसार अहिले हवनको कार्यक्रम सुरु भएको छ ।