Logo

गठबन्धनको बैठकमा प्रचण्डले भनेका थिए : सभामुखलाई एमसीसी मात्र टेबुल गर भन्नु उपयुक्त हुँदैन्



काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अरु कुनै पनि विद्येयक सदनमा टेबुल नभएको अवस्थामा सभामुखलाई एमसीसीमात्रै टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट पारेका छन् । आज (आइतबार) बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रचण्डले यस्तो धारणा राखेको उनको सचिवालयले जनाएको छ।

प्रचण्डकी छोरी गंगा दाहालले फेशबुकमा लेखेकी छिन–

आजको शीर्ष नेतृत्वको वालुवाटार छलफलका सम्बन्धमा:
१. अध्यक्ष कमरेड प्रचण्डले, कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनी हाल लामो समय देखी सदन अबरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई MCC मात्र टेबुल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो।
२. अध्यक्ष कमरेडले, यदी तपाईं टेबुल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नु भयो तर प्रधानमन्त्री ज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ।
३. उपरोक्त स्थितिमा आ आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भयो।



प्रतिक्रिया दिनुहोस्