Logo

‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ’ : चित्रबहादुर केसी



काठमाडौं, ८ फागुन : पाँच दलीय सत्तारुढ गठबन्धन घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन बैठकमा आफूहरूलाई बोलाउन छाडिएको गुनासो गरेका छन् । एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसदमा पेस गर्ने विषयलाई लिएर भइरहेका गठबन्धनको बैठकमा आफूहरूलाई बोलाउनै छाडिएको केसीले जानकारी दिए ।

‘एमसीसीको मुद्दा आएपछि विरोधमा उत्रिन्छ भनेर गठबन्धन बैठकमा हामीलाई बोलाउनै छाडे,’ केसीले भने, ‘हामी पनि बैठकमा जानुभन्दा सडकमै जानु उचित ठानेका छौँ ।’ केसी एमसीसीको विपक्षमा छन् । उनको पार्टी एमसीसीको विरोधमा सडकमै आन्दोलन गरिरहेको छ । गठबन्धनका शीर्ष नेताले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव सदनमा पेस गर्ने आइतबार सहमति गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्