काठमाडौं, ८ फागुन । एमसीसीको विरोधमा बानेश्वरस्थित संसद भवन अगाडि यातायात आवागमन अबरुद्ध भएको छ । प्रहरीले माइतीघरदेखि तिनकुने सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएपछि उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको हो ।
नयाँ बानेश्वर वरपर एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलका भातृसंगठन र दलहरुले सडकमा हवन गरिरहेका छन् भने कसैले ठुलो संख्यामा प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा पनि हानीरहेको छ ।
नयाँ बानेश्वर हुँदै आउने सवारी साधनलाई विभिन्न स्थानबाट डाइभर्सन गरिएको प्रहरीले जनाएको छ । वैकल्पिक बाटो प्रयोग गर्न पनि ट्राफिकले जनाएको छ ।