Logo

मार्तल प्रहार गरी छोराले गरे बुवाको हत्या



संखुवासभा, ८ फागुन । मार्तल प्रहार गरी हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका(२ बितलब बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादमा ती किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपु र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्