बर्दिया, ८ फागुन । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थारुले ती महिलालाई उनकै घरकोठामा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।