Logo

प्रधानमन्त्री देउवा एमसीसी पेश भएपछि प्रतिक्रिया नदिई संसद् भवनबाट बाहिरिए



काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी अनुमोदनको लािग पेश भएको छ । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव अनुमोदनको लागि टेबुल गराएका हुन् ।

एमसीसी टेबुल भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सूचना पढेर अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्ने जानकारी गराए । प्रधानमन्त्री शेरबहादुर देउवाले भने कुनै प्रतिक्रिया दिएनन् ।

उनी संसद् भवनबाट बाहिरिने क्रममा पत्रकाहरुले ‘अब एमसीसी कहिले पारित हुन्छ ?’भनेर सोधेका थिए । तर, प्रधानमन्त्री देउवाले भने कुनै प्रतिक्रिया दिएनन् ।



प्रतिक्रिया दिनुहोस्