Logo

विभिन्न राजनीतिक पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत



काठमाडौँ, ९ फागुन।सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । सोमबार बिहान उनीहरुलाई पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटारमा स्वागत गर्दै मधेश प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै रहेको पुनः दोहो¥याएका छन् ।

यसरी प्रवेश गर्नेहरुमा नेकपा एमालेमा रहनुभएका रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् । यसैगरी, सुदुरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्वशिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्ट छन् ।-Photo Source: CM Prachanda/Facebook Page



प्रतिक्रिया दिनुहोस्