Logo

टेलिकमलगायत आज यी कम्पनीको कारोबार उच्च



काठमाडौं, ९ फागुन । शेयर बजारमा आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज टेलिकमको २६ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सोमबार लाभांश घोषणा गरेको जीवन विकास लघुवित्तको शेयर पनि २६ करोड बढीको कारोबार भएको छ ।

आज अरुण भ्याली हाइड्रोपावरको ५२४ रुपैयाँ शेयरमुल्य कायम भई १० करोड बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्