काठमाडौं, १० फागुन । आज ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गएराति काठमाडौँको पुरानो बानेश्वरबाट चिनियाँ नागरिकहरु पक्राउ परेका हुन् ।
चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप लागेको भएपनि पुस्टि नभएको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो।