Logo

युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश



एजेन्सी, १० फागुन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान आदेश दिएका छन् । युक्रेनबाट छुट्टिन पृथकतावादी संघर्ष गर्दै आएका ‘दोनेत्स्क’ र ‘लुहान्स्क’का पृथकतावादीहरुलाई प्रत्यक्ष सैन्य सहायोग हुने गरी पुटिनले सेना पठाउन लागेका हुन् ।

गएराती राष्ट्रपति पुटिनले ती क्षेत्रमा सेना पठाउन रक्षा मन्त्रालयलाई आदेश दिएका हुन् । पुटिनले जारी गरेको आदेशमा पूर्वी क्षेत्रमा शान्ति कायम गर्नका लागि सेना पठाउने भनिएको छ । पुटिनको यो आदेशसंगै युक्रेनी सीमाभित्र रुसी सेना प्रवेश गर्ने बाटो खुलेको टिप्पणी विश्लेषकहरुले गरेका छन् । आदेश जारी गर्नुअघि टेलिभिजनबाट दिएको सन्देशमा पुटिनले ती क्षेत्रहरुको स्वतन्त्रता र सार्वभौमिकता रक्षाका लागि पहिल्यै कदम चाल्नुपर्ने थियो भने।

पश्चिमा देशहरुले भने युक्रेनबाट छुट्टिन चाहने पृथकतावादीहरुलाई सहयोग नगर्न बारम्बार रुसलाई चेतावनी दिदै आएका छने । पुटिनको आदेशले लामो समयदेखि स्वतन्त्र राष्ट्रका लागि भन्दै संघर्ष गर्दै आएका समूहहरुलाई सैन्य सामग्री आपूर्ति गर्न पनि सहज हुनेछ । उता, अमेरिकाले रुसले युक्रेनको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै पुटिनको आदेशबारे राष्ट्रसंघीय सुरक्षा परिषदमा छलफल गर्न माग गरेकोछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्