Logo

रुसको कदमपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने-‘हामी कोहीसँग पनि डराएका छैनौँ



एजेन्सी, १० फागुन। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरू रुसको पछिल्लो कदमले नडराएको बताएका छन्। आज एक भिडियो सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले आफूहरू रुसको पछिल्लो कदमले नडराएको बताएका हुन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार युक्रेनका दुई पृथकतावादी क्षेत्रहरु लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र देशको मान्यता दिएका छन्। रुसले उक्त क्षेत्रमा शान्ति कायम गर्न भन्दै आफ्नो सेना पठाएको छ।

आज एक भिडियो सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले भनेको विषयलाई उदृत गर्दै संचार माध्यमहरुले लेखेका छन्, ‘हामी कोहीसँग पनि डराएका छैनौँ। हामी कसैलाई केही पनि दिँदैनौँ। हामी हाम्रो भूमिमा छौँ। हाम्रो पछि सत्य छ, युक्रेन छ। हाम्रो उद्देश्य एउटै हो- युक्रेनमा शान्ति।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्