Logo

नेपाललाई तेस्रो सफलता



काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले तेस्रो विकेट लिए ।

नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप लामिछानेले लिए ।

युएईले १६.२ ओभरमा तिन विकेटको क्षतिमा १३९ रन बनाएको छ ।

आजको सेमिफाइनलमा युएईलाई हराए नेपाल अपराजित रहँदै सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छ ।



प्रतिक्रिया दिनुहोस्