Logo

जर्मनीद्वारा रुसमाथि कडा कदम, पाइपलाइनबाट ग्याँस लिने प्रक्रिया स्थगित



एजेन्सी, १० फागुन । रुसबाट ब्ल्याक सी मुनी ओछ्याइएको पाइपलाइनबाट जर्मनीले यसै वर्षबाट ग्याँस आपूर्ति गर्ने भनिएकोमा स्थगित भएको छ । नोरड स्ट्रिम २ नाम दिइएको उक्त पाइपलाइन निर्माण भइसकेको छ । तर, रुसले युक्रेनको दुईवटा क्षेत्रलाई स्वतन्त्रताको मान्यता दिएपछि जर्मनीले उक्त कदम चालेको हो ।

जर्मनीका चान्सलर ओलाफ स्कोलजले मङ्गलबार बर्लिनमा सञ्चारकर्मीसँग बोल्दै रुसी कदमको जवाफमा यस्तो निर्णय लिइएको बताएका छन् । उक्त पाइपलाइनप्रति अमेरिकाले असन्तुष्टि जनाउँदै आएको थियो । रुसको पाइपलाइनले पश्चिम यूरोप उसबाट निर्भरता बढ्ने अवस्था रहने अमेरिकाको भनाई थियो ।

डोनेटस्क र लुहान्स्क गणराज्यलाई रुसले मान्यता दिएसँगै नाटोसम्वद्ध यूरोपेली देशहरुले रुसमाथि प्रतिबन्ध लगाउनेबारे छलफल बढाइसकेका छन् । विशेषगरी बेलायतले रुसविरुद्ध कडा कदम चाल्न खोजेको छ ।



प्रतिक्रिया दिनुहोस्