Logo

एमसीसी बारे ठोस धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै



काठमाडौं, ११ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्न लागेको हो ।

लोसपाको आजको बस्ने बैठकमा एमसीसीलगायत समयसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकपछि लोसपाले एमसीसीको बारेमा ठोस धारणा सार्वजनिक गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्