Logo

देउवाले ओली रोज्लान् कि प्रचण्ड ?



काठमाडौं ११ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन गराउन सक्रिय भएका छन् । उनी आफै शिर्ष नेताहरुलाई भेटिरहेका छन् । विश्वासपात्रहरुलाई खटाएर एमसीसीका लागि राजनीतिक लेनदेनको प्रयास गरिरहेका छन् ।

एमसीसीबाट देउवा ब्याक नहुने हो भने अनुमोदनका लागि कठोर निर्णय गर्नुपर्ने निश्चित भइसकेको छ । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसी पारित नगर्ने निर्णय गरेर बसिसकेका छन् । यसकारण ओली ठूलो धर्मसंकटमा छन् ।

एमसीसीमा नेकपा एमाले अनिर्णित छ । उसले यसलाई बार्गेनिङको विषय बनाएको छ । देउवासँग सत्ताको आलोपालोलगायत विषयको प्रस्ताव ओलीले गरेको खुलिसकेको छ । तर, देउवा सत्ता छाड्न तयार छैनन् । उनका लागि एमसीसी पारित गर्नुपर्ने चुनौती पनि छ ।

अब देउवाले एमसीसी पारित गर्ने हो भने या त सत्ता गठबन्धनलाई मनाउनुपर्छ या ओलीको प्रस्ताव मान्नुपर्छ । ओली लचिलो हुने सम्भावना न्यून छ । देउवालाई अब एमसीसी रोज्ने कि प्रचण्ड भएको छ । योसँगै प्रचण्ड रोज्ने कि ओली ? भएको छ ।

एमसीसी पारित गर्न देउवा आक्रामक रुपमा बढेमा प्रचण्ड नभई ओली नै रोज्ने निश्चितप्रायः छ । तर, त्यो कदम पनि सजिलो छैन ।



प्रतिक्रिया दिनुहोस्