Logo

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. लामीछानेद्वारा पदभार ग्रहण



दाङ, ११ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विकास लामिछानेले पदभार ग्रहण गरेका छन् ।

आज (बुधबार) प्रतिष्ठान पुगेर डा. लामीछानेले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उपकुलपती लामीछानेले आउने चार बर्ष भित्र दाङमा एमबिबिएसको पढाई सुरु गर्ने दाबी गरेका थिए । साथै, उनले अस्पताललाई अघि बढाउन आफु तयार रहेको भन्दै अस्पतालको स्तरोन्नतिका लागि सबैको सहयोग चाहिने धारणा राखेका थिए ।

नव नियुक्त उपकुलपती लामीछानेलाई प्रतिष्ठानका शिक्षाध्यक्ष बसन्त लामीछाने, रजिस्ट्रार प्रकाश थापा, डिन डा. सागर पन्थि, अस्पतालका सहायक निर्देशक डा. एन्जिलिका कार्कीसहित अस्पतालका चिकित्सक र कर्मचारिले स्वागत गरेका थिए ।

प्रतिष्ठानको कुलपति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको उपकुलपतिमा डा. लामिछानेलाई हिजो (मंगलबार) नियुक्त गरेका थिए । तस्विरः निशान भट्टराई सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्