Logo

काँग्रेस र जसपाको ह्वीपले तरंग, के होला ?



काठमाडौं, ११ फागुन । नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । आज दुवै दलले ह्वीप नै जारी गरेपछि राजनीतिकवृत्तमा विभिन्न आँकलनहरु गर्न थालिएको छ ।

काँग्रेस र लोसपा मिल्दा पनि प्रतिनिधि सभामा बहुमत पुग्दैन । काँग्रेसको ६१ र लोसपाको १३ सांसद मतदानका लागि योग्य छन् । दुवैको जोड्दा ७४ हुन्छ ।

एमसीसीबारे १२ फागुनबाट प्रतिनिधि सभाका छलफल बढाइने तयारी भएको छ । तर, आज नै काँग्रेस र लोसपाले ह्वीप जारी गरेपछि कुनै राजनीतिक घटनाको सम्भावना औल्याइएको छ ।

काँग्रेस एमसीसी पास गर्न अगाडि बढिसकेको छ । उसले सकभर गठन्धन जोगाएर नभए एमालेसँग मिलेर पनि एमसीसी पास गर्ने रणनीति बनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्