Logo

राष्ट्र उत्थानको आईपिओ आज बाँडफाँड हुँदै



काठमाडौं, १२ फागुन । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर आईपीओ बाँडफाँड हुँदैछ । आज दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ ।

लघुवित्तले गत फागुन ४ गतेदेखि ८ गतेसम्म आईपीओ जारी गरेको थियो । आईपीओमा २६ लाख २६ हजार भन्दा बढीले आवेदन दिएका थिए । संस्थाको आइपीओमा ४ लाख ३१ हजार ३७० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ३८.३० गुणा बढी हो । बाँडफाँडपछि ७९ हजार ४५० जना भाग्यमानीले १०/१० कित्ताका दरले शेयर पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्