काठमाडौं, १२ फागुन । नेपाली बजारमा आज सुनको मुल्यमा उच्च बृद्धि भएको छ । बिहीबार प्रतितोला २५ सय रुपैयाँले सुनको मुल्य बृद्धि भएको हो ।
नेपाल सुुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मुल्य १३ सय ५५ रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ । रुस र युक्रेनको द्धन्द्ध चर्किएसँगै सुनको मुल्य ह्वात्तै बढेको छ ।