Logo

रुसको सैन्य कारबाहीपछि युक्रेनद्वारा ‘मार्सल ल’को घोषणा



एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनविरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा ‘मार्शल ल’को घोषणा गरेका छन् । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज (बिहिबार) देशमा ‘मार्शल ल’को घोषणा गरेका हुन्। त्यहाँका गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ।

कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्