Logo

मन्त्रीहरुसँग प्रधानमन्त्री देउवाले भने : एमसीसी पास गराउन भूमिका खेल्नुहोस, जसरी पनि पास गराउनुपर्छ



काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुलाई एमसीसी पारित गर्नेगरि भूमिका खेल्न निर्देशन दिएका छन् । सिंहदरबारमा पार्टीभित्र आफ्ना विश्वासपात्रसमेत रहेका मन्त्रीहरु गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई एमसीसी पारित गर्नेगरि भूमिका खेल्न निर्देशन दिएका हुन् ।

सरकारले एमसीसी फागुन ८ गते नै संसद्मा टेबुल गरिसकेको छ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । त्योभन्दा अघि दलका नेताहरुको मत विभाजित भएको छ। प्रधानमन्त्री देउवाले अमेरिकाले दिएको समयसिमा फागुन १६ गतेभित्रै एमसीसी पास गराउने तयारी गरेका छन् ।

उनले नेकपा (माओवादी केन्द्र) ले एमसीसीको विपक्षमा भोट हालेपनि अरु दलको साथ लिएर अघि बढ्नुपर्ने बताउँदै आएका छन् । यो बीचमा उनले एमालेको साथ पनि खोजिरहेका छन् । उनले अब एमसीसी पास गराउनको लागि आफू धेरै अघि बढेको भन्दै यसबाट ब्याक नहुने धारणा पनि राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्