काठमाडौं, १२ फागुन । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार उच्च अंकले घटेको छ । बिहीबार नेप्से परिसुचक ५८ दशमलव ९९ अंकले घटेर २६ सय ६१ दशमलव ४४ विन्दु कायम भएको हो ।
त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि आज १० दशमलव ३६ अंकले घटेर ५०७ दशमलव ५८ विन्दुमा रोकिएको छ ।
नेप्सेको अनुसार आज २२९ कम्पनीको ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ बराबरको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद विक्रि भएको हो । आज सबै नेप्से सुचक राताम्मै छन् ।