Logo

गठबन्धन टुट्दै, अब के होला ?



काठमाडौं, १२ फागुन । सत्ता गठबन्धन टुट्ने भएको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा सहभागी नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि गठबन्धनको औचित्य नरहेको बताइसकेका छन् ।

गठबन्धन तोडेपछि मात्र नेकपा एमालेले एमसीसीमा धारणा बनाउने भएको छ । योसँगै उसले राजनीतिक लेनदेनको प्रस्ताव पनि राखेको छ ।
विश्वस्त स्रोतका अनुसार देउवा कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । यसलाई प्रतिष्ठाको विषय बनाइसकेका छन् । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एस एमसीसी पारित गर्ने पक्षमा नजाने निश्चित भएपछि देउवाले विकल्प रोज्न लागेका हुन् ।

ओलीले राखेको सत्ता साझेदारी, सभामुखको बर्हिगमन, सर्वोच्च अदालतको न्यायाधीशको विषयलगायतमा प्याकेजमा सहमति निकाल्न आज साँझ बैठक बस्न लागेको छ । विश्वस्त स्रोतका अनुसार ओलीले चुनावी सरकारको नेतृत्व मागेका छन् । साथै, देउवा परमादेशको प्रधानमन्त्री बन्न नहुने उनको जिकिर छ ।

सम्भवतः गठबन्धन टुटेमा देउवा र ओलीबीच प्रधानमन्त्रीमा आलोपालो हुनसक्छ । ओली लचिलो हुने सम्भावना पनि छ । तर, सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव आउनसक्छ । त्यसका अलावा सर्वोच्च अदालतका ४ न्यायाधीशविरुद्ध पनि महाभियोग आउनसक्छ । योसँगै प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगबाट काँग्रेस पछि हट्ने सम्भावना पनि छ ।



प्रतिक्रिया दिनुहोस्