काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ । दुई नेताबीच एमसीसीको विषयमा सहमति निकाल्नेबारे छलफल केन्द्रित छ ।
आज दिउँसा देउवाले ओलीलाई नयाँ बानेश्वरस्थित संसद भवनमा भेटेका थिए । भेटमा दुई नेताबीच राजनीतिक लेनदेनबारे छलफल भएको थियो । त्यसपछि आज साँझ फेरि भेट्ने सहमति बनेको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि ओली सिधै बालुवाटार गएका हुन् । उनको साथमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि छन् ।-File Photo