Logo

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सरकारबाट बाहिरिने तयारीमा, प्रचण्ड र माधव नेपालबीच छलफल हुँदै



काठमाडौं, १३ फागुन । नेकपा ((माओवादी केन्द्र) ले सरकारबाट बाहिरिने तयारी गरेको छ । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा मतभेद भएपछि माओवादी केन्द्र सरकारबाट बाहिरिने तयारीमा जुटेको हो ।अहिले माओवादी केन्द्रका शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा भेला भएका थिए ।

उनीहरुले आजै सरकारबाट बाहिरिने तयारी गरेको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच हिजो भएको छलफल सकारात्मक नभएको बुझिएको छ । यो सँगै प्रचण्डले पार्टीमा आधिकारिक रुपमा छलफल गरेर निर्णय गर्न खोजेका छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले पनि आज खुमलटारमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा छलफल भएको जनाए । तर, के निर्णय भएको हो भनेर बाहिर भनिएको छैन् । सरकारमा बस्ने वा नबस्ने भन्नेबारे प्रचण्ड एक्लैले निर्णय लिनुभन्दा पनि नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा भएकोले अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्न खोजेका छन् ।



प्रतिक्रिया दिनुहोस्