Logo

कांग्रेस र एमालेबीच सहकार्य हुन्छ, एमसीसी अनावश्यक गिजोलियो : सुमन प्याकुरेल (भिडिओसहित)



काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सुमन प्याकुरेलले एमाले र कांग्रेसबीचको सहकार्य अहिले आवश्यकत्ता रहेको सुनाए । उनले जब जब देशमा संकट आईपर्छ तब तब कांग्रेस र एमालेले मिलेर लडेको स्मरण गराए ।

उनले अहिले कांग्रेस र एमालेबीच सहकार्य रहेको सुनाए । उनले वाम प्रजातान्त्रिक शक्तिहरुबीच सहकार्यको सम्भावना अघि बढेको सुनाए ।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमसीसी सम्झौतालाई अनावश्यक रुपमा गिजोलिएको टिप्पणी गरे । उनले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा संसद् सचिवालयमा छलफलको लागि दर्ता गराएको सुनाए । तर, प्रस्ताव सदनमा टेबुल हुन नदिईएको उनको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्