Logo

प्रचण्डले तयार गरे गठबन्धन जोगाउने अन्तिम अस्त्र



काठमाडौं, १३ माघ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन जोगाउने गरी अन्तिम प्रयास थाल्ने निर्णय लिएका छन् । उनले आफ्नै निवास खुमलटारमा पूर्व स्थायी कमिटी सदस्यहरुलाई डाकेर अहिलेको राजनीतिक परिस्थितिबारे जानकारी दिदै कठोर निर्णय लिने बेला आएको बताएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले अहिलेको घडी सामान्य नभएको भन्दै बोल्ड निर्णय लिनुको विकल्प नभएको बताएका थिए । उनले गठबन्धन नजोगाए माओवादी संकटमा पर्न सक्ने खतरा पनि औल्याएका थिए । बैठकमा सहभागीहरुले गठबन्धनको महत्वमै जोड दिएका थिए ।

गठबन्धन कसरी जोगाउने भन्नेबारे गम्भीर विमर्श भएको बुझिएको छ । माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्न नसक्ने स्पष्ट पार्दै विकल्पहरुबारे छलफल भएको थियो ।

माओवादीले एमसीसीको निर्णय नेपाली काँग्रेससहित पक्षधर सांसदहरुको जिम्मामा छाड्ने गरी गठबन्धन जोगाउन सकिने विषयमा पनि छलफल भएको बुझिएको छ । माओवादी अनुपस्थित भएर काँग्रेसले जिम्मवारी लिने गरी निकास निकाल्ने विकल्पबारे सुझावहरु पनि आएको बुझिएको छ ।

नेकपा एमालेले सभामुखको बर्हिगमन सहित माधवकुमार नेपालसहित १४ सांसद हटाउने शर्त राख्न थालेपछि प्रचण्ड गम्भीर बनेका हुन् । अब सभामुखको पद जोगाउन र माधव नेपालसहित १४ सांसदको पद जोगाउन पनि प्रचण्डले देउवासँग सहमति गर्नुपर्ने वाध्यकारी अवस्था बनिसकेको छ । प्रचण्डले अब गठबन्धन जोगाउने र एमसीसीलाई पनि निकास दिने अन्तिम अस्त्र प्रयोग गर्न सक्ने बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्