Logo

पुसदेखि २ लाख लाइसेन्स प्रिन्ट, ५ लाख बाँकी



काठमाडौं, १३ फागुन । यातायात व्यवस्था विभागले पुसबाट सुरु गरेको चालक अनुमति पत्र (लाइसेन्स) हालसम्म २ लाखमात्र छापेको छ । विभागले डेढ महिनामा २ लाख प्रिन्ट गरेको र अझै ५ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको जनाएको छ ।

अहिले दैनिक ६ हजार लाइसेन्स प्रिन्ट भइरहेको र लाइसेन्स सम्बन्धित कार्यालयमा पठाइरहेको विभागको भनाई छ । विभागले २०२१ भित्र जारी गरिएका लाइसेन्स प्रिन्ट गरेर सकिएको दाबी गरेको छ ।

विभागको अनुुसार बिहान ७ बजेदेखि ११ बजेसम्म नियमित कार्ड छपाईदै आएको, ११ बजेदेखि ३ बजेसम्म अति जरुरी भएका कार्ड छाप्दै आएको जनाएको छ । विभागले काठमाडौं उपत्यकाका ४ वटा यातायात व्यवस्था कार्यालयमा प्रिन्ट भएको अनुमति पत्र पठाइसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्