Logo

‘ए’ डिभिजन लिगः आज अन्तिम तीन खेल हुँदै



काठमाडौं, १४ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) अन्तिम खेल हुँदैछन् ।

लिगको अन्तिम चरण अन्तर्गत आज अन्तिम तीन खेलहरु हुन लागेका हुन् । आज हुने तीन खेलमध्य दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र पाँचौं स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै रंगशालामै हुने दोस्रो खेलमा उपाधि बिजेता मछिन्द्र र आठौं स्थानको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने छ । खेल ४ः३० बजे सुरु हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा चौंथो स्थानको न्युरोड टिम एनआरटी र ११औ स्थानमा रहेको नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्