काठमाडौँ, १४ फागुन। नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा भत्किनुपर्ने बताएका छन् । आज (शनिबार) काठमाडौंमा नेकपा एमाले संवद्ध कानुन व्यवसायीको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दुषित गठबन्धनका कारण देशमा थप अनैतिक र असंवैधानिक गतिविधि बढ्ने भएकाले भत्काउनुपर्ने नेता नेम्वाङको तर्क छ ।
सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले भने– ‘वर्तमान सरकारको आधार तपाईहरुलाई थाहै होला । यो अनैतिक रुपमा परमादेशबाट बनेको छ । यसको आधार वर्तमान दुषित गठबन्धन हो । त्यसैले यो गठबन्धन भत्किनुको विकल्प छैन । हामी जस्तोसुकै अवस्थामा पनि गठबन्धन भत्काएर छोड्छौ ।’ नेता नेम्वाङले एमालेको मुख्य उद्देश्य गठबन्धन भत्काउने भएपनि सरकारका जानका लागि गठबन्धन भत्काउने पक्षमा नरहेको धारणा राखेका छन् ।