एजेन्सी, १५ फागुन । रुसस्थित चिनियाँ दूतावासले विश्वका लागि अमेरिका घातक भएको बताएको छ । रुसस्थित चिनियाँ दूतावासमा रहेको कुटनितीक मिशनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो खुलासा गरेको हो ।
कुटनितीक मिशनले लेखेको विषयलाई उदृत गर्दै रुसी सञ्ञ्चारमाध्यम तासले लेखेको छ,‘कहिलै नबिर्सिनु, विश्वको लागि सबैभन्दा घातक देश को हो?’ कुटनितीक मिशनले दोस्रो विश्व युद्धपछि अमेरिकाले कुन–कुन देशमा बमबारी गरेको सूचिसहित उल्लेख गरेको छ ।
चार दिन अगाडी रुसले युक्रेनमाथि हमलाको आव्हान गरेको थियो । दुवै देशबीचको युद्ध अहिले पनि जारी नै छ । रुसले युरोपको देशमाथि हमला गरेको कारण अन्य युरोपेली संघले रुसमाथि नयाँ सम्झौता गालू गरेको छ ।