काठमाडौं, १५ फागुन । त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले पदिय मर्यादा विपरित विद्यार्थी, कर्मचारी र प्राध्यापकहरु माथि लगाएको आरोपको नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।
त्रिविको हकहितका साथै विश्वविद्यालयको शैक्षिक उन्नतीको लागि नेविसंघले संघर्ष गर्दै आइरहेको उल्लेख गर्दै प्राध्यापक बास्कोटाको अभिव्यक्तिले प्राज्ञिक स्तरमाथि नै प्रश्नचिन्ह्र खडा भएको जनाएको छ।