Logo

एमसीसीविरोधी आन्दोलन चर्कियो (फोटोफिचर)



काठमाडौं, १५ फागुन । सरकारले एमसीसी पास गर्ने अन्तिम तयारी गरेपछि काठमाडौंमा यसको विरोधमा प्रदर्शन चर्किएको छ ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले एमसीसी व्याख्यात्मक टिप्पणीसहित आजै पास गराउने सहमति गरेपछि काठमाडौंमा एमसीसीविरोधी आन्दोलन चर्किएको हो ।

आज बस्ने संसद् बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने बताईएको छ ।

आजै बस्ने अर्को सेसनमा भने एमसीसी निर्णयार्थ पेश गरिने र पास गराउने सरकारको तयारी छ ।

यसको लागि सत्ता गठबन्धनमा आवद्ध दलहरुले पार्टीबाट निर्णय गराएर एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

यसअघिदेखि नै काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त हुँदै आएको छ।

एमसीसी राष्ट्रको हितमा नभएको भन्दै उनीहरुले तत्काल एमसीसी खारेजीको माग गरेका छन् ।

आज नयाँ बानेश्वर क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्