Logo

एमसीसी यथास्थितिमा पास भए राष्ट्रिय स्वाधिनता खतरामा पर्छ: सचेतक गुरुङ



काठमाडौँ, १५ फागुन। नेकपा (माओवादी केन्द्र)का सचेतक देव गुरुङले एमसीसी संशोधनबिना यथास्थितिमा पास भए राष्ट्रिय स्वाधिनता खतरामा पर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग सम्झौता (एमसीसी) अनुमोदनका लागि छलफलमा उनले यस्तो बताएका हुन्।

यो परियोजनालाई विशुद्ध आर्थिक परियोजनाबाट लगे मात्र पास गर्न हुने नत्र नेपालको राष्ट्रिय स्वाधीनता खतरामा पर्ने दाबी उनको थियो। सत्ता साझेदार पाँच दलबीच एमसीसीबारे भएको सहमति अर्थमन्त्रीले खुलाउनुपर्ने उनले पटक पटक माग गरेका छन् ।

एमसीसी आर्थिक सहायतासम्बन्धी सम्झौता नेपालले गरेकोमा यो सम्झौता सदनबाट अनुमोदन गरेर ऐन बनाउने प्रक्रिया नभएकोमा अहिले सदनमा प्रस्तुत गरेर अनुमोदन ऐन बनाउने भएपछि गम्भीर भएको उनको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस्