Logo

एमसीसी नेपालको हितमा छ, हाम्रो समर्थन रहन्छ: महन्थ ठाकुर



काठमाडौँ, १५ फागुन। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले राम्रो उद्देश्य र लक्ष्य लिएर आएकाले एमसीसीको विरोध आवश्यक नरहेको बताएका छन् ।

संसदमा एमसीसीमाथिको छलफलमा बोल्दै ठाकुरले एमसीसीमार्फत सञ्चालन हुने आयोजनाले नेपालको विद्युत्, सडक लगायतका पूर्वाधारमा ठूलो फाइदा हुने बताएका हुन् । नेपालले विभिन्न सर्त र प्रक्रिया पूरा गरेर लिने एमसीसीको सहायता विशुद्ध नेपालको विकासमा मात्रै केन्द्रित रहेको ठाकुरको भनाइ छ ।

अमेरिकाले अहिलेसम्म नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार आदिमा सहयोग गरिरहेको र अहिले पनि अमेरिकाले जबरजस्ती यो सहायता नदिएको भन्दै जथाभाबी विरोध गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्