एजेन्सी, १७ फागुन। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा आफ्नो देशले रुस अगाडी आत्मसमर्पण नगर्ने बताएका छन् । कुलेबाले भनेको विषयलाई उदृत गर्दै सीएनबीसीले लेखेको छ, ‘युक्रेन कूटनीतिक समाधानका लागि तयार छ, तर हामी न त आत्मसमर्पण गर्छौँ न झुक्नेछौँ।’
वार्ता कहिलेसम्म चल्ने हो थाहा नभएको कुलेवाले बताए । उनले यो युद्धमा युक्रेनले जित्ने बताए ।कुलेबाले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा भनेको विषयलाई उदृत गर्दै सीएनबीसीले लेखेको छ, ‘म कूटनीतिज्ञ हुँ र वार्ताको सफलतामा म विश्वस्त छु । तर एक कूटनीतिज्ञको हैसियतमा मेरो उद्देश्य रुसमाथि अधिकतम प्रतिबन्ध लगाउनु पनि हो।
युक्रेनले धेरै भन्दा धेरै हतियार ल्याउनु पर्छ र रुसलाई अन्तर्राष्ट्रिय स्तरमा एक्लो पार्नु पर्छ। यो मेरो कूटनीतिको महत्वपूर्ण भाग हो।’रुसले युक्रेनमा जमिन र आकाश दुवैबाट आक्रमण सुरु गरेको छ । रिपोर्टसका अनुसार रुसले धेरै ठूला सहरलाई निशाना बनाएको छ ।-Photo: Agency