काठमाडौं, १७ फागुन । वैकल्पिक युवा संगठनका युवाहरुले एमसीसीको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले भाँचेका बोटविरुवाको संरक्षण तथा वृक्षारोपण गरेका छन् ।
उनीहरुले हामी ढुङ्गा हान्ने होइन, फुल रोप्ने राजनीति गर्छौं भन्दै रचनात्मक काम गरेका हुन् ।
विवेकशील साझाँ पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका छन् ।
उनले लेखेका छन्,‘हामी ढुङ्गा हान्ने होइन, फुल रोप्ने राजनीति गर्छौँ
आज वैकल्पिक युवा संगठनका युवा साथीहरूले बानेश्वरमा नासिएका र मासिएका बिरुवालाई संरक्षण गर्ने तथा वृक्षारोपण गर्ने काम गर्नुभयो।
सृजनात्मक र रचनात्मक अभियानहरूका निम्ति धेरै धेरै धन्यवाद साथीहरू।’