१७ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजकले राजीनामा दिएका छन् । संयोजक गोपाल हमालले संयोजक पदबाट राजीनामा दिएका हुन् ।
हमाल स्थानीय तहको अघिल्लो निर्वाचनमा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेवार बनेका थिए । र अबको निर्वाचन पनि स्वतन्त्र रुपमै उम्मेवार बन्ने उल्लेख गर्दै राजीनामा दिएका छन् ।
हमालले २०७४ देखि विवेकशील साझा पार्टीको सुदूरपश्चिम इन्चार्ज भएर काम गरेका छन् । सचिवालय सदस्य महेश भण्डारीले पनि साउन १७ गते राजीनामा दिएका थिए । त्यस्तै, रन्जु दर्शनाले गत पुसमा पार्टी छाडेकोे घोषणा गरेकी थिइन् । विवेकशिल साझा छाड्नेको लर्को चलिरहेको छ ।