Logo

शिवरात्रीको शुभकामना दिंदा बाबुरामले गरे ‘धर्मनीरपेक्षता’ को प्रर्वद्धनको कुरा



काठमाडौं, १७ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज साँझ शिवरात्रीको शुभकामना दिए । उनले शुभकामना दिंदा ‘धर्मनिरपेक्षता’ को प्रर्वद्धनको आव्हान समेत गरेका छन् ।

भट्टराईले ट्वीट गर्दै सबै धर्मसंस्कृतिको सम्मान गर्न समेत भनेका छन् । उनले भनेका छन्,‘सबै धर्मसंस्कृतिको सम्मान गरौं, सही धर्मनिरपेक्षताको प्रर्वद्धन गरौं ।’

हिन्दू धर्मालम्बीको हरेक चाँडपर्वमा शुभकामना दिदै आएका बाबुरामले धर्मनिपेक्षताको विषय जोड्ने गरेका छन् । पछिल्लो समय देशमा हिन्दूवादीहरुको सक्रियता बढ्दै जाँदा बाबुरामले त्यसको चर्को आलोचना गर्दै आएका छन् ।

बाबुरामले ट्वीटरमा लेखेका छन्ः विश्वभर र नेपालका हिन्दू धर्मावलम्वीहरूको महान् पर्व महाशिवरात्रीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! सबै धर्मसंस्कृतिको सम्मान गरौं; सही धर्मनिरपेक्षताको प्रबर्धन गरौं!



प्रतिक्रिया दिनुहोस्