Logo

प्रचण्डसँग फायर नारायणकाजी श्रेष्ठ विप्लवसँग नजिकिए, विहानै हात्तिवनमा भेटवार्ता



 

काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । पछिल्लो समय माओवादी केन्द्रमा श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट छन् । कतिपयले श्रेष्ठले पार्टी फुटाउन लागेको भनेर समेत चर्चा गरेका छन् । यही अवस्थामा नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुगेका हुन् । एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो ।



प्रतिक्रिया दिनुहोस्