Logo

आइएमई जनरल इन्सुरेन्सले हकप्रद सेयर निष्कासन गर्दै



काठमाडौं, १८ फागुन । आइएमई जनरल इन्सुरेन्सले फागुन २२ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले १०ः४ अनुपातमा ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । आइएमई जनरलले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०५ हकप्रद बिक्री गर्न लागेको हो । यो हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरिसकेको छ ।

त्यसैले त्यसअघिसम्म कायम लगानीकर्ताले हकप्रद सेयर भर्न सक्नेछन् । यस हकप्रद सेयरमा लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । आइएमई जनरलको हकप्रदलाई इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्