Logo

अष्ट्रेलियाका प्रधानमन्त्री मारिसनलाई कोरोना संक्रमण



सिन्ह्वा, १८ फागुन । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ । उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका हुन । उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड १९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताएको सो वेभसाइटमा राखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्