Logo

नेप्सेमा आज ६३ अंकको पहिरो, ३ अर्बको कारोबार



काठमाडौं, १८ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको गिरावट आएको छ । नेप्से आज ६३ दशमलव ९८ अंकले घटेर २५ सय ४६ दशमलव ६० विन्दु कायम भएको छ ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ५२ अंकले घटेर ४८८ दशमलव ६९ विन्दु कायम भएको छ ।

आज बुधबार नेप्सेमा २२८ कम्पनीका ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद विक्रि भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्