काठमाडौं, १८ फागुन : जनता समाजवादी पार्टी, नेपालले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो ।
जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिता विपरित गतिविधि गरेको भन्दै कारबाही गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नाे नाम नभएको भन्दै पार्टी अध्यक्षको विरोध प्रदर्शनसहित पुत्ला दहन गरेकाे आराेप छ । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।
उनीमाथि पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । यद्यपि, सांसद यादवले भने आरोप अस्वीकार गरेका छन् ।